बैङलोरबाट दुई करोड रुपैयाँ चोरी गरेर पाँच नेपाली फरार

काठमाडौ भारतको बैङलोरबाट झन्डै दुई करोड रुपैयाँ बराबरको चोरी गरेर पाँच जना नेपाली फरार भएका छन्
काठमाडौंस्थित भारतीय दूतावासका अनुसार फरार हुनेमा बाजुराको बुढीगंगा नगरपालिका ९ जुवापानीका हेमनाथ सिंह उनकी पत्नी मान्डवी सिंह बाजुरा जुवापानीका दीपक भनिने जीवन राजेन्द्र शाही र अछाम सेलागाउँका राजु शाही रहेका

छन् फरार हुनुभन्दा अगाडि उनिहरुले कल्याणनगर निवासी नागराज रेड्डीको घरबाट लगभग दुई करोड रुपैयाँ बराबरको चोरेको दूतावासले बताएको छ घटना लगत्तै परिवारले स्थानीय प्रहरीमा तीन केजी २ सय ५४ ग्राम सुनका गरगहना, १५ केजी चाँदीका गरगहना पाँच लाख मूल्य बराबरका २३ थान घडी
डेढ लाख भारतीय रुपैयाँ बराबरको विदेशी रकम र ५ लाख भारतीय रुपैयाँ चोरी भएको भन्दै निवेदन दिएका छन्

Loading...
प्रकाशित मिति May 23, 2019