काठमाडौं, फागुन ३
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारसँग लड्ने घोषणा गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियनको पहिलो भेलामा प्रमुख अतिथि बनेर पुगेका प्रचण्डले शिक्षकका मागबारे सरकारसँग लडाइँ लड्ने दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै शिक्षकका मागप्रति आफू गम्भीर रहेको उनले बताए । उनले आफूले गर्छु भनेर बोलेका कुरा गरेर देखाउनेसमेत बताए ।
उनले आफूले शिक्षकको माग बुझेको र त्यो पूरा गर्न लागिपर्ने आश्वासन दिँदै भने, ‘अहिले अप्ठ्यारै छ । तर, मैले अड्डी कसेँ भनेचाहिँ धेरै कुरा हुन्छ ।’
संघीय शिक्षा ऐन ल्याउँदा शिक्षकको माग सम्बोधन गर्न प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गर्ने प्रचण्डले बताए । उनले आश्वासन दिँदै भने, ‘अब म लड्न जाने भएँ, ढुक्क हुनुहोस् ।’