‘कर्ली–कर्ली कपाल’ भन्दै निरूतासँग यसरी नाचे बाबु–छोरा अनमोल र भुवन !

काठमाडौं, फागुन ३
आगामी फागुन १७ गतेलाई रिलिज मिति तोकिएको फिल्म ‘क्याप्टेन’को नयाँ गीत आज सार्वजनिक गरिएको छ । सो फिल्मको ‘कर्ली–कर्ली कपाल’ बोलको गीत आज युट्युवबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतमा नेपालकी एक जमानाकी सुपरहिट नायिका निरुता सिंहलाई पनि देख्न सकिन्दछ । उनले भुवन केसी तथा अनमोल केसीसँग कम्मर मर्काउँदै नाचेकी छन् । गीतमा एसडी योगीले धुन भरेका छन् भने महिला स्वरमा योगीलाई मेलिना राईले सघाएकी छन् । कोरियोग्राफी भने रेनेशा बान्तवा राईले गरेका छन् ।

फिल्म ‘क्याप्टेन’मा नेपाली फुटबल र एक फुटबल खेलाडीको जीवनको कथा समेटिएको छ । फिल्ममा अनमोलले नायिका प्रियंका एमभी तथा उपासना सिंह ठकुरीले रोमान्स गरेका छन् । अन्य कलाकारमा प्रशान्त ताम्राकार, सरोज खनाल तथा सुनील थापालाई पनि देख्न सकिन्छ ।

फिल्मको लेखन तथा निर्देशन दिवाकर भट्टराईले गरेका छन् । सो फिल्ममा भुनव केसीले लगानी गरेका छन् ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १७:१४