काठमाण्डौ नयाँबसपार्कमा प्रेसर कुकर बम भेटियो…

काठमाडौँ : काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ। बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गरिदै छ।महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजा साँझ नै राखिएको देखिएको छ।

बम डिस्पोज गर्नका लागि सेनाको टोली पनि लोत्से भवनमा पुगिसकेको छ। उता कैलालीमा वडा कार्यालय अगाडी भेटिएको वस्तु नक्कली भएको पाइएको छ।भ्रम सृजना गर्न उक्त वस्तु राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ को कार्यालय अगाडी बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको देखिएपछि सेनाको टोली डिस्पोजका लागि गएको थियो।सेनाको टोली पुगेपछि उक्त वस्तु नक्कली भएको र त्रास सृजना गर्न मात्रै राखिएको पाइएको हो। बोरामा १० लिटरको ग्यालेनमा पेट्रोल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए।

Loading...
प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ०९:३८