आज सार्वजनिक बिदा दिने सरकारकाे निर्णय, सबै शैक्षिक संस्था बन्द

काठमाडौ – देशभरको ध्यान तान्ने गरी भएको पाँचथर हत्याकाण्डको शोकमा स्थानीय सरकार मिक्लाजुङ गाउँपालिकाले आज मंगलबार शोक बिदा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिकाको बैठकले जेठ ६ गते मिक्लाजुङ -३ आरुबोटेमा भएको विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए। हत्याकाण्डमा मारिएका नौ जनामध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

बिप्लब समुहबाट पुन: प्रचण्डपथ लागू।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार ०४:१६