दुई बर्समा दुईसय भन्दा बढी काम गर्दै पोखरा महानगर उत्कृष्ट – बिबरण हेर्नुहोस।

नयाँ संविधान अनुसार स्थानीय निर्वाचन भई जनप्रतिनिधिले पोखरा महानगरको जिम्मेवारी सम्हालेको २ वर्षमा भएका महत्वपूर्ण कार्यप्रगति एवं उपलब्धिहरुको सार संक्षेप

(१) कानुन महाशाखा

नेपालको संविधान २०७२ एवं स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्देश गरे बमोजिम ६ वटा नीति, ८ वटा ऐन, १२ वटा नियमावली, १५ वटा निर्देशिका, १७ वटा कार्यविधि गरी ५८ वटा कानुन बनाइ स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।ड्ड विभिन्न तहका अदालतहरुमा विचाराधीन २६ मध्ये १० मुद्दा महानगरको पक्षमा फैसला भई १६ मुद्दा विचाराधीन अवस्थामा रहेको र तिनको प्रभावकारी रुपमा प्रतिरक्षा गरिएको छ । न्यायिक समितिमा परेका २५ वटा उजुरीमध्ये ३ वटाको फैसला भइसकेको छ भने बाँकी २२ वटा उजुरीहरुको निरुपण गर्ने कार्य भइरहेको छ । तेस्रो नगरसभा पछि हालसम्म नागरिकहरुबाट २ सय ५७ वटा ठाडो उजुरी परेकोमा २ सय २ वटा उजुरीको फछ्र्यौट भई ५५ वटा उजुरीको सुनुवाइको क्रममा कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।ड्ड स्थानीय तहका लागि न्यायिक समितिको अवधारण नयाँ अभ्यास समेत भएकाले सो बारे जानकारी दिन ब्रोसर प्रकाशित गरी नागरिकलाई वितरण गरिएको छ । महिला कानुनी परामर्श तथा सहायकताकक्ष सञ्चालन, विभिन्न हिंसामा परेका महिलाको उद्धा गरिएको छ ।

(२) प्रशासन महाशाखा

स्थानीय तहका कर्मचारीहरुको एवं संघबाट आउने कर्मचारीहरुको समायोजन प्रक्रिया सम्पन्न भएको छ ।ड्ड महानगरपालिकाको कार्यालय एवं ३३ वटै वडाहरुमा विद्युतीय हाजिरी लागू गरिएको छ ।ड्ड महानगर र वडा कार्यालयहरुको आन्तरिक व्यवस्थापनमा सुधार गरी वडा कार्यालयबाट नै छिटो छरितो सेवा प्रवाहको लागि वडा कार्यालयको संगठन संरचना बलियो बनाइएको छ। कर्मचारीको आचरण, व्यवहारमा अपेक्षित रुपमा सुधारल्याई नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउन र भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति लिई गैरकानुनी काम गर्ने जो कोहीलाई कारबाहीको दायरमा ल्याउने गरिएको छ। महानगरको नयाँ लोगो बनाई कार्यान्वयनमा ल्याइएको छ। जनप्रतिनिधिलाई पोसाकको व्यवस्था गरी कायान्वयन गरिएको छ ।

(३) सहरी पूर्वाधार महाशाखा

हरेक वडाहरुमा जुनियर इन्जिनियर एव् इन्जिनियरहरुको व्यवस्थापन गरी वडास्तरीय योजनाहरुको लागत स्टिमेट गर्ने, संझौता एव् कार्य सम्पन्न प्रतिवेदन तयार पार्ने काम अगाडि बढेको छ ।ड्ड आगामी आर्थिक वर्षमा योजना तर्जुमा गर्दा बजेटले कार्यक्रम माग्ने भन्दा कार्यक्रमले बजेटको माग गर्नेे पद्धति बसाउन योजनाहरुको लागत स्टिमेट गरी सो आधारमा योजना तथा बजेट प्रस्ताव एवं माग गर्ने पद्धतिको थालनी गरेका छौं ।ड्ड वडाबाट माग भए अनुरुप चालु आर्थिक वर्षमा ७ वटा वडा कार्यालय भवन निर्माण सुरु भएको र आगामी आर्थिक वर्षमा जग्गाको व्यवस्थापन गरी करिब १५ वटा वडा कार्यालय भवन निर्माणको कार्य थालनी गर्ने पहल गरिएको छ। पोखराका पृथ्वीचोक, अमरसिंहचोक, जिरोकिमी, बिरौटाचोक, हरिचोक र मुस्ताङचोकका आइल्यान्डलाई ट्राफिक व्यवस्थापनमा सहज बनाउने र सौन्र्दयकरण गरिएको छ। सराङकोटमा जग्गा व्यवस्थापन गरी सहिद पार्क निर्माणको काम अघि बढाइएको छ। सर्वोच्च अदातलको फैसला अनुसार महानगरको जिम्मेवारीमा परेको फेवाताल जलाधार क्षेत्रको संरक्षणको काम सुरु गरिएको छ । खहरे खोलाले बगाएर ल्याएको माटो जन्य पदार्थ निकालिएको र फेवातालमा मिसिने हर्पनखोलासहित पाँच वटा खोलामा सिल्ट्रेसन ड्याम निर्माण गर्न गण्डकी प्रदेश सरकारसँग मिलेर ३४ करोडको योजना अगाडि बढाइएको छ ।

सडकको बीचमा पर्ने ८७ स्थानका बिजुलीका पोल स्थानन्तरण गर्ने कार्य अगाडि बढेको छ । विगत लामो समयदेखि सडक समस्या बनेको पालिखेचोक सडकलाई फराकिलो पारी त्यसलाई सौन्र्दयकरण गर्ने काम भइरहेको छ । विगत २ वर्षमा ३९ किमी कच्ची सडक, पक्की सडक २ सय २५ किमी निर्माण तथा रिसेलिङ समेत, ७३ किमी ढलान र २० किमी नयाँ सडकको ट्र्याक, नाली निर्माण ६५ किमी गरिएको छ । नमुना पूर्वाधार निर्माण कार्यक्रममा करिब २ अर्ब ४३ करोड लागतका १ सय ४७ वटा योजनाहरुको टेन्डर गरी काम अगाडि बढाइएको छ । मेयर नमुना पूर्वाधार योजना अन्तर्गत मुख्य सहरी सडक अस्फ्लान्ट कंक्रिट गर्नेका लागि काम सुरु गरिएको छ । भौतिक पूर्वाधारमा थप गुणस्तरीयता कायम गर्न सडक विज्ञको रुपमा छुट्टै इन्जिनियर व्यवस्था गर्नुका साथै निर्माण सामग्रीको गुणस्तर कायम गर्नका लागि गुणस्तर मापन प्रयोगशाला सञ्चालनको लागि पूर्वाधार तयार गरिएको छ ।

एक वडा एक खेल मैदान अन्तर्गत २१ स्थानमा पहिलो चरणमा खेल मैदान निर्माणको काम सुरु गरिएको छ ।ड १५ स्थानमा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ ।ड्ड खुल्ला व्यायामशाला निर्माण कार्यलाई अगाडि बढाइएको छ ।ड्ड हामी बनाउँछौं हाम्रो महानगर कार्यक्रम सञ्चालन गरी भित्री तथा साना सडक निर्माण तथा खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको छ । सहरी सडक सञ्जालमा धुले सडक लगभग २५ प्रतिशतमा सीमित गरिएको छ ।ड्ड महानगरपालिकाको कार्यालयबाट सबै वडाहरुको केन्द्रसम्म जोड्ने २७ वटा पहुँच मार्ग अर्थात कनेक्टिङ सडक आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी रु. १ अर्ब १६ करोड बराबरको टेन्डर भई कार्य अगाडि बढेको छ ।क्र.सं. सडकको नाम क्र.सं. सडकको नाम१ शिवालय बतासे मनिपाल सडक १५ विजयपुर सुर्केमैदान सडक २८२ पामेदेखि २४ नं. वडा कार्यालय जोड्ने सडक १६ देउराली कमेरेगुण्डा, १८ वडा मार्ग३ छोरेपाटनदेखि वडा नं. २१ जोड्ने सडक १७ मनिपाल मौजा बिसौना सडक २०४ खराने राखीडाँडा सडक वडा २६ १८ ३३ नं. वडादेखि ठूल्ढुंगा सडक५ झाझरमारे देउमाणी ओख्ले सडक २८ १९ कात्रे बाम्दी घाटछिना सडक६ स्यांङखुदी कँडेल गाउँसडक २८ २० चितेपानी रैकर माछापुच्छ सडक७ लेखनाथ शिरोमणि मार्ग २१ खत्री पहिरो खोलाबेसी बेत्यानी सौर्य सडक८ रतिखहरेघाट निर्मलपोखरी मार्ग २२ महेन्द्रगुफा अर्मलाकोट मौजा सडक९ घार्मीखोला जुम्लेटी ढिकीडाँडा तितेपानी मार्ग वडा १९ २३ तिलाहार काउलेपानी तारेभिर सडक१० आपकुना चिलिमेडाँडा गुन्टेचौर सेरा मार्ग वडा २४ २४ शिवालय थाप्ले तिलाहार बासपानी चिलाउनेखर्क सडक११ कुलायन मौजा सडक वडा २० २५ आरुपाटा कालिका सडक २८१२ खपौदी देखि १८ नं. वडा सम्मको मार्ग २६ काहुँखोला पहिरोपानी चिसापानी मौजा डाँडागाउँ सडक १३१३ अमलाबेसी तल्लाथर घार्मी सडकवडा १९ २७ बागलुङ बसपार्क कास्कीकोट सडक१४ ठूलाखेत चैनपुर हर्पन पञ्चासे सडक २३गण्डकी प्रदेश सरकारसँग मिलेर महानगरले ९ वटा योजना अगाडि बढाएका छ ।

ती योजनाको सम्झौता भई काम समेत सुरु भएको छ । माछापुच्छे« प्रतिविम्ब पार्क निर्माणले ताल परिसरमा पर्यटकको संख्या वृद्धि गर्नेछ । यी योजनाका लागि महानगरले १२ करोड ५६ लाख र प्रदेश सरकारले ४ करोड ६० लाख विनियोजन गरेका छन् ।१. सुइखेत खोला नियन्त्रण२. स्मार्ट शौचालय निमार्ण३. लेखनाथ साना सहरी खानेपानी आयोजना४. आर्बा मौजा कुलायन मार्ग५. काहुँखोलादेखि ¥यालेचौरअतिघर सडक६. जनचेतना चिलाउने खर्क बस्पनी तिलाहर शिवालय सडक७. भलाम ¥यालेचौर बिसौना मौजा सिक्लेस सडक८. संगम नगर दुम्रीखेत सोती सडक९. माछापुच्छे« प्रतिविम्ब पार्कपोखरा महानगरले केन्द्रीय सरकारसँगको साझेदारीमा ४ वटा योजना अगाडि बढाएको छ ।

ती योजनामा महानगरले १५ करोड ६८ लाख र केन्द्रीय सरकारले ११ करोड ४५ लाख विनियोजन गरेका छन् ।१. विजयपुर कालिकाहुँदै बेगनास सडक२. बैदाम पामे घाँटछिना सडक३. घाँटछिना दमदमे सिदाने सडक४. मोहरिया लामस्वारा स्याङखुदी आनन्दज्योति लप्सीडाँड सडकड्ड सिर्जनाचोकमा अत्याधुनिक आकाशेपुल निर्माणको लागि काम अगाडि बढाइएको छ । जसको लागि बोलपत्र आह्वान गरी छनोट प्रक्रिया समेत सम्पन्न गरिएको छ ।

२१) राजश्व शाखा

२० वटा वडाहरुमा राजश्व सम्बन्धी सफ्टवेयर जडान गरी करदाता नागरिकहरुलाई सम्बन्धित वडाबाटै राजश्व बुझाउन सक्ने व्यवस्था गरिएको छ ।ड्ड साविक लेखनाथ र तत्कालीन पोखरा उपमहानगरपालिकाको फरक फरक कर प्रणालीलाई एकीकृत गरी कर प्रणालीमा समानता र एक रुपता कायम गरिएको छ । आर्थिक ०७३।०७४ मा ३५ करोड आन्तरिक राजश्व उठ्ने गरेकोमा आर्थिक वर्ष ०७४।७५ मा करिब ५० करोड संकलन भएको र चालु आर्थिक वर्षमा करिब १ अर्ब ७० करोड राजश्व संकलन लक्ष्य लिइएको र सोही अनुपातमा राजश्व संकलन भइरहेको छ। जसले गर्दा राजश्व वृद्धिमा उत्साहजनक अवस्था सिर्जना भएको छ ।ड्ड कर प्रणालीमा आधुनिक पद्धति मानिने सम्पत्तिकर एवं घर वहाल करलाई थप व्यवस्थित र सरलीकरण गरी लागू गरिएको छ ।ड्ड कर प्रणालीमा दर बढाउने भन्दा दायरा वृद्धि गर्ने गरी प्रगतिशिल करको सिद्धान्त एव्ां करदातामैत्री कर प्रणालीको अवलम्बनको प्रयास गरिएको छ ।

(२२) पञ्जीकरण शाखाड्ड नागरिकहरुका व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सरलीकरण गर्न सबै वडाहरुमा नेटवर्किङ गरी अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।ड्ड सबै प्रकारका व्यक्तिगत घटना दर्ताको संशोधन सम्बन्धी मार्गदर्शन गर्ने एवं सो सम्बन्धी अभिलेखलाई थप व्यवस्थित गरिएको छ ।

(२३) अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारड्ड विश्वका विभिन्न देशका सहरहरुसँग भगिनी सम्बन्ध विस्तार गर्ने कार्य निरन्तर चलिरहेको छ । पोखराले अहिलेसम्म जापानको कोमागाने, चिनको लिन्जी, कुन्मिङ, गुञ्जाओ, छिन्चु, छुसाओ, नानिङ, युबिन, हाइकाउ लगायतका सहरसँग र दक्षिण कोरियाको ग्यांबुक गु सहरसँग पनि भगिनी सम्बन्ध छ ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १७:३४