९ हजार कर्मचारीका लागि लोकसेवाको विज्ञापन खुल्यो।

काठमान्डौ , भोलि ९ हजार जनाका लागि लोकसेवाको विज्ञापन खुल्दैछ । देशभरका लोकसेवा आयोगका १४ कार्यालयबाट विज्ञापन खुल्न लागेको हो । ती कार्यालयको कार्य क्षेत्रमा पर्ने स्थानीय तहका पदलाई एकीकृत गरेर विज्ञापन खुल्न लागेको हो । यसको फर्म भर्ने म्याद १५ असारसम्म हुनेछ भने असारदेखि नै परीक्षा संञ्चालन हुने भएकाे छ । प्रदेश लोक सेवा आयोग गठन नभइसकेको अवस्थामा स्थानीय तहको मागका आधारमा सरकारले लोक सेवा आयोगमार्फत कर्मचारी पद पूर्ति गर्न लागेको हो ।

लाेक सेवाले पाँच सय १५ स्थानीय तहका लागि विज्ञापन खुलाउन लागेकाे हाे ।यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशका स्थानीय तहबाट १५ हजार कर्मचारी माग रहेको विवरण लोक सेवा आयोगलाई पठाएको थियाे । सात प्रदेशमा १४ हजार ६ सय ७२ कर्मचारी आवश्यक रहेको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पठाएको छ । पाँच सय ५५ स्थानीय तहबाट माग भएका कर्मचारीको संख्या मन्त्रालयले लोकसेवालाई पठाएको हो ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १८:०४