न्यायाधीशकै प्रमाणपत्र नक्कली दुई प्रमुख न्यायाधीश निलम्बनमा

काठमाडौं : काठमाडौं- न्याय परिषद्ले जिल्ला न्यायाधीशहरु विश्वमंगल आत्रेय र ओमकार उपाध्याय बर्खास्त गर्ने निर्णय गरेको छ। मंगलबार न्याय परिषद्ले ललितपुर जिल्ला अदालतका न्यायाधीश आत्रेय र तनहुँ जिल्ला अदालतका न्याया धीश उपाध्यायलाई बर्खास्त गर्ने निर्णय गरेको हो। आत्रेय र उपाध्यायका सम्बन्धमा छानबिनका लागि सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिको प्रतिवेदनका आधारमा उनीहरुलाई बर्खास्त गरिएको हो।

शैक्षिक प्रमाणपत्र नक्कली पेस गरेको र न्यायिक विचलन समेत गरेको भन्दै उनीहरुमाथि छानबिन भएको हो। न्याय परिषद्ले छानबिन समिति गठन गरेलगत्तै उनीहरु निलम्बनमा परेका थिए।यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको निर्देशनमा दुबै न्याया धीशलाई परिषद्‍मा तानिएको थियो। ललितपुर जिल्ला अदालत अनुगमनका क्रममा भिएलएनको नाममा अवैध रकम उठाएर ५ अर्ब रूपैयाँ ठगेको आरोप लागेका राम श्रेष्ठको मुद्दामा आत्रेयले चलाखी गर्न खोजेको भन्दै उनीमाथि अनुसन्धान भइरहेको थियो। प्रधान न्यायाधीश राणाकै निर्देशनमा आत्रेयमाथि सुक्ष्म ढंगले अनुसन्धान भइरहेको थियो।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १८:०७