क्यानडा जान चाहनेका लागी खुसीको खबर, क्यानडाले ३ वर्षमा १० लाख आप्रवासीलाई भित्र्याउँदै

क्यानडा धेरै नेपालीको सपनाको सहर पनि हो। क्यानडा जान चाहनेका लागी अब खुसीको खबर आएको छ ।केही समय अघि मात्र क्यानडाको संसदले तीन वर्षभित्र १० लाख भन्दा बढी आप्रवासीलाई स्थायी आप्रवासन अनुमतिपत्र दिने प्रस्ताव पारित गरेको छ। सन् २०१८ मा मात्र पनि क्यानडाले २ लाख ८६ हजारलाई स्थायी आप्रवास गर्ने अनुमति प्रदान गरेको थियोे। २०१९ मा यो संख्या साढे ३ लाख भन्दा बढी हुने अनुमान गरिएको छ।

त्यस्तै २०२० मा ३ लाख ६० हजार र २०२१ मा ३ लाख ७० हजारलाई त्यस्तो अनुमतिपत्र प्रदान गरिनेछ। हालसम्म क्यानडाका कूल आप्रवासीको संख्या ६ करोड ८५ लाख नाघेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगको तथ्याङ्क छ ।

क्यानडाका अन्य मित्रराष्ट्रहरुले सुरक्षा जोखिम बढेको भन्दै आप्रवासन नीतिमा कडाई गरिरहँदा उसले भने उदार नीति अपनाइरहेको छ । क्यानडाले यो कार्यलाई प्रमुख प्राथमिकतामा राखेको बताएको छ ।

Loading...
प्रकाशित मिति १४ जेष्ठ २०७६, मंगलवार १८:४४