बजारमा विषादी प्रयोग गरिएका आँप छ्याप छ्याप्ती

वीरगन्जको बजारमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ। नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि वीरगन्जको बजारमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइए का भारतीय आँप छ्यापछ्याप्ती बिक्री वितरण भइरहेको पाइएको छ। वीरगन्जका साथै पोखरीया, बाराको लकैया, जितपुर, सीमराका बजारमा समेत कर्वाइट हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ।

वीरगन्ज तरकारी तथा फलफूल व्यवसायी संघका पूर्वअध्यक्ष विदर गुप्ताले भारतबाट आएका दशहरी सबुजा लगायतका जातका आँप बजारमा बिक्री भइरहेको बताए। उनका अनुसार अहिले वीरगन्ज र यस आसपासाका बजारमा बिक्री भइरहेका आँप भारतको गोवा मद्रास, केरला, आन्ध्र प्रदेशबाट आयात गरिएका हुन्। भारतका ती स्थानमा तापक्रम बढी हुने भएका कारण त्यहा आँप छिट्टै पाक्ने गरेको भएपनि अहिले नेपाली बजारमा बिक्री भइरहेका भारतीय आँपमा भने विषादी राखेर पकाउने गरिएको गुप्ताले बताए।

जिल्ला कृष ज्ञान केन्द्र पर्साको बागवानी शाखाका प्राविधिक श्याम किशोर कुर्मीका अनुसार नेपालमा आँप भर्खर बतिला बढ्ने क्रममा रहेको भएपनि भारतबाट चैत देखि नै आँप ल्याएर बिक्री हुने गरेको छ। कुर्मीले भने, नेपालमा उत्पादित आँप जेठ तेस्रो साता बाट मात्र खानयोग्य हुन्छ। अहिले बजारमा पाइने आँप, छिटो पकाउन कर्वाइट विषादी प्रयोग गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १७:४७