पत्रकार रबि लामिछाने आज मेलबर्न आइपुग्दै, भब्य स्वागतको तयारी

मेलबर्न , पत्रकारि रबि लामिछाने लगायत सिधा कुरा टिम यतिबेला अष्टेलियामा छ ।एमएनटीभीको आयोजनामा हुन लागेको च्यारिटी डिनर कार्यक्रममा सहभागी हुन र यहाँ रहेका विद्यार्थीहरु लगायत समूदायका सदस्यहरुसँग अन्तरक्रिया गर्नका लािग पत्रकार रबि लामिछाने आज मेलबर्न आउँदैछन् । विहान १० बजे अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरिनेछ । यसपछि सिधै सिटीको एलिजावेथ स्ट्रीटमा रहेको भिक्टोरियाका लािग नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयमा स्वागत र सम्मान गर्ने कार्यक्रम छ ।

यसपछि आजै दिउँसो मेलबर्नमा रहेका केही विद्यार्थी र समूदायसँग भेट गर्ने कार्यक्रम छ भने शुक्रबार साँझ ६ बजेदेखि स्थानीय ईस्टोनियन हाउसमा रास्कोट सामूदायिक अस्पतालका लागि च्यारिट डिनर कार्यक्रम हुनेछ ।कर्णालीका १० जिल्लालाई स्वास्थ्य सेवा दिँदै आएको रास्कोट अस्पताललाई आधुनिक बनाउने र मुख्यत यहाँका महिलाको बालबालिकाको स्वास्थ्य समस्यामा सहयोगी बन्ने लक्ष्यका साथ अभियान चलाइएको हो ।

Loading...
प्रकाशित मिति May 29, 2019