नेता जनार्दन शर्माले दिए सबै सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराै – जनार्दन शर्मा

नेपाली जनताका एक आसा लाग्दा नेता हुन् जनार्दन शर्मा जसले फेरी संसद भवन भित्र सबैलाई ध्यान केन्द्रित गर्न सफल भए सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन। प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले संघीय निजामती विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सकिने प्रावधान राख्नुपर्ने धारणा राखेका हुन् ।

समितिका सदस्य समेत रहेका जनार्दन शर्माले सचिव र मुख्य सचिवको नियुक्ती मन्त्रीले गर्ने व्यवस्था हटाएर करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव गर्नुभयो । उहाँले कर्मचारीतन्त्रमा मात्रै नभई राजनीति र कानुन निर्माणमै समस्या रहेको भन्दै उहाँले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव गर्नुभयो । नेपाली जनतालाई ठुलो अवसर दिनुपर्छ भन्ने मान्यता राख्ने शर्माले आफ्नो स्वार्थलाई तिलान्जली दिएर जनताको भलाइमा अग्रसर भएको पटकपटक देखिने गरेका छन उनि एक उच्च छबी भएका नेता समेत हुन।

पूर्व गृहमन्त्रीसमेत रहेका सदस्य शर्माले प्रदेशका सचिवलाई २-३ लाख तलब सुविधा दिएर कामप्रति आकर्षित गर्नुपर्ने तर्क गर्नुभयो। उहाँले भन्नुभयो, ‘सचिव पनि लोकसेवाले नियुक्त गर्ने गर्दिउनँ किन गर्नु पर्‍याे नेताहरुले सचिव नियुक्त एकातिर स्थायी सरकार भन्ने अर्कोतिर नेताले नोमिनेट गर्‍यागर्‍यै गर्ने हो भने तर करारजस्तै त भयो।

Loading...
प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १९:१२