धनगढी – अत्तरीयालाई मेगासिटी र औद्योगिक करिडर बनाईने

काठमाण्डौ संघीय सरकारले आगामि आर्थिक वर्ष २०७६/७७ को बजेटमा  अत्तरीया – धनगढीलाई औद्योगिक करिडरको रुपमा विकास गर्ने कार्यलाई अघि बढाउन बजेट छुट्याएको छ। त्यस्तै आर्थिक वर्ष २०७६/७७  मा अत्तरीया-धनगढीलाई मेगासिटी बनाउने प्रकृया अघि बढाईने छ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका छन। अर्थमन्त्री खतिवडाले कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने बताएका छन् ।

त्यस्तै धनगढी, बिराटनगर, सिमरा लगायतका बिमानस्थलको स्तरोन्नती गर्ने बजेट वक्तव्यमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशको बैतडीको गोकुलेश्वर र अछामको कमलबजारमा बिमानस्थलको निर्माण कार्य अघि बढाईनेछ ।

 

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ०१:०७