तातोपानी नाका आजदेखि सञ्चालनमा

काठमाडौ चार वर्षपनि चीन जोड्ने प्रमुख नाका तातोपानी बुधवारदेखि संचालनमा आउने भएको छ। भूकम्पपछि चिनियाँ पक्षले यो नाका बन्द गरेको थियो। चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका संचालनको औपचारिक शुभारम्भ हुनेछ। तर यो नाकाबाट सामान आउन भने कम्तीमा पनि तीन महिना लाग्नेछ।

नेपाल सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र कुमार श्रेष्ठले खासाहुँदै सामान आउन तीनमहिना लाग्ने बताए। ‘नाका औपचारिक रुपमा आजदेखि संचालनमा आएपनि निरन्तर रुपमा सामान आउन तीन महिना बढी लाग्नेछ’ उनले बिजमाण्डूसँग भने,’अहिले नेपाली व्यापारीले केरुङ वा पानीजहाजमार्फत भारतहुँदै सामान पठाइरहेका छन्।

अब चीनमा सामान किन्ने व्यापारीले खासाहुँदै सामान पठाउन थालेपछि मात्रै यो पूर्ण रुपमा संचालनमा आउँछ। उनका अनुसार नेपाली ट्रान्स पोर्टरले न्यालममा सम्पर्क कार्यालय नखोलेसम्म सामान ढुवानी गर्न कठिन हुन्छ।‘चीनले आफ्नो पूर्वाधार तयार पारेको छ। तर हाम्रो सामान बोक्ने ट्रकहरुको सम्पर्क कार्यालय चीनतर्फ खुलेको छैंन। न्यालम वा कुनै ठाउँबाट सामान ल्याउन नेपाली व्यवसायीले समेत कार्यालय खोल्नुपर्छ।

उनले भने-त्यो पूर्वाधार तयार भएपछि खासाबाट निरन्तर रुपमा सामान आउँछ। स्थानीय व्यवसायी, राजनीतिक दल जनप्रतिनिधि एवम् नेपाल सरकारको लामो प्रयत्नपछि चिनियाँ पक्ष नाका पुनः सञ्चालनमा ल्याउन सहमत भएको हो। नाका पुनः सञ्चालनमा आउने भएपछि आम्दानीको स्रोत खोसिएका स्थानीय खुसी भएका छन्।

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ०१:१७