दयाहाङको आप्पा ट्रेलर रिलिज (भिडियो सहित)

नेपाली सिनेमा क्षेत्रमा चकलेटी र सर्लक्क जिउ परेका नायकहरुको बाहुल्यता तोडेका नायक दयाहाङ राईको नयाँ फिल्म आप्पाको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बुवा र छोराबीचको सम्बन्धालाई देखाईएको छ।

फिल्ममा दयाहाङ बुवाको भूमिकामा देखिएका छन् भने उनको छोराको रुपमा सिद्धान्त राज तामाङ रहेका छन् । फिल्ममा दया बस ड्राइभरको भूमिकामा देखिएका छन् । उनले भारतीय यात्री सवार गाडी अप्ठ्यारो बाटोमा हाँक्दा दुर्घटना हुन्छ । उक्त दुर्घटनामा सबैको ज्यान जान्छ मात्र दयाहाङ र एक बालक बाँच्न सफल हुन्छन् । जसलाई दयाले छोरा बनाएर पाल्छन् । फिल्मको कथा यसमै घुमेको छ ।

फिल्ममा तुलसी घिमिरे ,अल्लोना काबो लेप्चा ,अरुणा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रुदेन सादा लेप्चाको लगानीमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्माता माबो हाङ रहेका छन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका छन् । फिल्ममा कथा पनि उनकै रहेको छ । फिल्म असार १३ मा अल नेपाल रिलिज हुँदैछ ।

भिडियो

 

Loading...
प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार १०:३२