काठमाडौं, फागुन ३
भारतमा सकिएको हिरो महिला गोल्डकप फुटबलमा नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता बनेकी छन् । सावित्रा म्यानमारकी फरवार्ड यु ऊसँगै संयुक्त रूपमा सर्वाधिक गोलकर्ता घोषित भएकी हुन् ।
यस प्रतियोगितमा दुवै खेलाडीले ४–४ गोल लगाएका थिए । सर्वाधिक गोलकर्ता बनेका दुईजनालाई आयोजकले संयुक्त रूपमा भारतीय रुपैयाँ १ लाख रुपैयाँ पुरस्कारसमेत दियो ।
प्रतियोगिताको फाइनलमा नेपाल र म्यानमार भिडेकोमा म्यानमारले नेपाललाई ३–१ ले हराएर उपाधि जितेको थियो । उपाधि विजेता म्यानमारले ७ लाख भारतीय रुपैयाँ पुरस्कार पाउँदा उपविजेता नेपालले ५ लाख रुपैयाँ पायो ।
Loading...