सन्सारलाई पछिपार्दै यि दिदिबहिनीले राखे विश्व रेकर्ड, ४१ घण्टा ५ मिनेट नाचेर चकित बनाए (भिडियो)

काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ६ बस्ने दिदीबहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले ४० घन्टा युगल नृत्य प्रस्तुत गर्नुपर्नेमा ४१ घन्टा ५ मिनेट नृत्य गरेर गिनिज बुक अफ वल्ड रेकर्डसका लागी रेकर्ड राख्न सफल भएका छन। दुई दिदि बहिनी रुबिशा र एलिशाले जेठ ११ गते बिहान ९ बजेबाट नृत्य गर्न सुरु गरेका हुन् ।रुबिशा र एलिशाले लगातार नृत्य गर्ने क्रममा खुट्टामा घाउ भएर ब्यान्डिज लगाउनुका साथै स्टेजमा बरफहरु छरिएको थियो ।

कार्यक्रम सकिए पश्चात बुवा आमा लगायत सबैको अनुहारमा रुवाबासी सँगै आँखामा खुसीको आसु झरेको थियो। सोमबार बिहान समापन कार्यक्रम पुर्व खेलकुद मन्त्रि राजन कुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । यस कार्यक्रममा अतिथीको रुपमा बुवा शन्त प्रसाद श्रेष्ठ, आमा दुर्गा श्रेष्ठ, संयोजक सन्तोष लामा, समाजसेवी सम्भुजन कार्की, टाईम किपर हरिचन्द्र लामा लगायत अन्य रहेका थिए। गोल्डेन आई डान्स सेन्टरले आयोजना गरेको यस कार्यक्रममा गिनिज बुक अफ वल्ड रेकर्डस ईभेन्ट नेपालले ईभेन्ट म्यानेज गरेको थियो।

उनीहरुले नेपालको नाम विश्वसामु राख्नका लागि यो अभियानमा लागेको बताए । श्रेष्ठ दिदीबहिनीका बुवा सन्त प्रसाद श्रेष्ठले आफनी छोरीहरु सानैदेखि नाच्न सिपालु रहेको विश्वास व्यक्त गरे । श्रेष्ठ दिदीबहिनीमध्ये रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी छिन् ।

भिडियो हेर्नुहोस

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०४:४८