४५ करोड लगानिमा बनेको गणतन्त्र स्मारकमा भिडियोमा हेर्नुहोस।

४५ करोड लगानिमा बनेको गणतन्त्र स्मारकमा भिडियोमा हेर्नुहोस।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको उद्घाटन गरेकी छिन्। गणतन्त्र दिवसका अवसर पारेर बुधबार साँझ उद्घाटन गरेपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकन पनि गरि न्।

वि‍. सं. २०६९ मा तत्कालिक प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेको उक्त स्मारकको निर्माण निर्धारित समयावधिभन्दा झण्डै चार वर्षपछि सकिएको हो। गणतन्त्रप्राप्तिको ११ वर्षपछि बल्ल सम्पन्न भएको निर्माण कार्यमा भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको थियाे।

नारायणहिटी दरबारको ३५ रोपनीमा जग्गामा बनेको यी स्मारक जनआन्दोलनको सफलता, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना तथा ती उपलब्धि प्राप्तिका लागि ज्यान अर्पण गर्ने शहीदहरूको सम्झनामा बनाइएको हो। गणतन्त्र स्मारकका चारओटै स्तम्भले फरकफरक विम्ब बोकेका छन्।

पहिलो स्तम्भले गणतन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने शहीदहरूको सम्झना दिलाउनेछ भने बेपत्ता पारिएकाहरूको सम्झना दोस्रो खम्बाले गराउनेछ। यस्तै, तेस्रो र चौथो खम्बाले हराएका र अंगभंग भएकाहरुको याद दिला उनेछ।

करिब ४५ करोड रुपैयाँको लागतमा बनेको यो स्मारकमा मुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिकाक्रममा खिचिएका तस्वीर राखिएका छन्। दोस्रो तलामा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संकलन गरेर राखिएको छ।

उद्घाटन समारोहमा प्रधान मन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, प्रधानसेनापति, कुटनीतिक नियोगका प्रमुखहरू तथा विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो।

भिडियो हेरौ।।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०५:४१