डोजर हामीले लगायका हौ! यी महिलाको आक्रोस (भिडियो हेर्नुहोस)

रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार प्रकाश कँडेल पक्राउ परेका छन् । कँडेलसँगै घटनामा संलग्न अन्य १६ जनालाई पनि प्रहरीले पक्रेको छ । रंगशाला निर्माणस्थलमा लगाइएको बार कँडेल नेतृत्वको समूहले बुधबार भत्काएका थिए।

बार भत्काउने क्रममा उनीहरुले कर्मचारीहरुलाई समेत धम्क्याएको धुर्मस–सुन्तली फाउण्डेशनको भनाइ छ। कँडेल भरतपुर महानगरपालिका–१६ का नेकपाका स्थानीय नेता हुन् । उनी ठेक्कापट्टामा समेत संलग्न छन्। गृहमन्त्री रामबहादुर थापा बादलनिकट मानिने कँडेलमाथि प्रहरी प्रशासनलाई धम्क्याउने गरेको आरोपसमेत लाग्ने गरेको छ ।

भिडियो

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७६, शुक्रबार ०९:५४