एम्बापेको इच्छा – ‘च्याम्पियन्स लिगमा लियोनले बार्सिलोना हराओस्’

एजेन्सी, फागुन ४
फ्रेन्च क्लब पिएसजीका स्ट्राइकर केलियन एमबाप्पेले युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनको क्लब बार्सिलोना अन्तिम १६ मै हारोस् भन्ने आफूले चाहेको बताएका छन् । उनले अन्तिम १६ मा बार्सिलोनालाई हराएर क्वार्टरफाइनलमा लिग वानकै क्लब लियोन पुगोस् भन्ने आफूले चाहेको बताएका हुन् ।

लियोन र बार्सिलोनाबीच अन्तिम १६ को पहिलो लेग आउँदो बुधबार फ्रान्समा हुँदैछ । जसमा आफूहरूको समर्थन लियोनलाई हुने र बार्सिलोनालाई हराओस् भन्ने आश आफूले राखेको पनि एम्बापेले बताएका छन् ।

‘युरोपियन कपमा फ्रेन्च फुटबल जतिसम्म हुन्छ, उतिसम्म अघि जाओस् भन्ने मेरो आशा हो,’ एमबाप्पले भने ।

उनले अघि थपे, ‘हामी अब डराउनु हुँदैन । हाम्रो टिम राम्रो छ भनेपछि नडराई अघि बढ्नुपर्छ । हामी पनि यो उपाधि जित्न चाहन्छौं ।’

हालसालै पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदा पिएसजीका एम्बापेले पनि गोल गरेका थिए ।

Loading...
प्रकाशित मिति ३ फाल्गुन २०७५, शुक्रबार १८:३१