टिचिङ हस्पिटलमा कलेजोको सफल प्रत्यारोपण भारतमा १ करोड लाग्ने उपचा नेपालमा २५ लाखमै

काठमान्डौ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ। तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन। प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन। डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो।

नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. निरव गौरको टिम आएको थियो । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् । अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ ।सन् २०१० मा अष्ट्रेलियाबाट फर्किएपछि डा. सिंहले जटिल प्रकारका कलेजो र प्यान्क्रियाज सर्जरी गर्न थालेका थिए । त्यही बेला नेपालमा कलेजो प्रत्यारोपणको आवश्यकता महसुस गरेलगत्तै उनी आवश्यक तालिम लिन अष्ट्रेलिया पुगे । सन् २०१५ मा अष्ट्रेलियाबाट फर्केपछि भण्डारी प्रत्यारोपणको टिम बनाउनतिर लागे।

स्रोत-सिधाकुरा

Loading...
प्रकाशित मिति June 1, 2019