खुमन अधिकारीको मार्मिक लोक दोहोरी गीत ‘बाडुल्की’ सार्वजनिक [भिडियो]

गायक खुमन अधिकारी र रमिला न्यौपाने को आवाजमा नयाँ गीत बाडुल्की सार्वजनिक भएको छ। खुमन र रमिलाको जोडि नेपाली सांगेतिक बजारमा एकदमै फापेको जोडि पनि मानिन्छ। पछिल्लो सनय दुबै जनाले गाएका गीत एकदमै रुचाइएका छन। यति बेला नेपालि गीत संगीतले एकदमै राम्रो बजार जमाएको छ। दिनौं उत्कृष्ट गीत र मौलिक गीतले बजार तताई रहेको छ साच्चै नेपाली मौलिकता फर्किएको जस्तो पनि महसुस गराएको छ। यसै बिचमा तेस्तै एक मौलिक गीत सार्वजनिक भएको छ

पछिल्लो समयका चर्चित निर्देशित प्रकाश भट्टको निर्देशनमा तयार भएको सो गीतमा सुन्दरी मोडल अनु पराजुली र खुमन अधिकारीकै उत्कृष्ट अभिनय देख्न सकिन्छ। तिर्सना म्युजिक प्रा.लिको पस्तुतीमा तयार भएको सो गीत भिडियो लाई राजेश घिमिरे ले छायांकन गरेका हुन भने भिडियो लाई बिष्णु शर्माले सम्पादन गरेका छन ।

भिडियो

 

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार ०९:४०