विमानमा उड्दै ओलीले भने- जनता खुसी हुन्छन् भने २ हप्तामै प्रधानमन्त्री छोड्दिन्छु (भिडियो कुराकानी)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विदेशमा भएको बेलामा पुरानै विषयालाई अनावश्यक र गलत समयमा उचालिएको भन्दै असन्तुष्टि पोखेका छन्।  भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने क्रममा विमानमै पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीले पुरानै सहमतिको विषय कुबेलामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उछालेको भन्दै रोष प्रकट गरे।

‘यो अहिलेको कुनै विषय नै होइन, जुनबेला म विदेश भ्रमणमा हुन्छु, त्यसबेला कुनै न कुनै रुपमा यसप्रकारका कुरा उछालिरहन्छन्’, ओलीले भने, ‘स्थिरता भनेको नीतिमा हो, स्थिरता भनेको बहुमतको सरकारमा हो । स्थिरता भनेको नेताहरुको सहमति सहकार्यको कुरा हो । यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने, हाम्रा बीचमा के कुरा भएको भनेर उचालिरहनुपर्ने जरुरी नै छैन।’ गत वर्ष भएको सहमतिलाई नयाँ जसरी प्रचण्डले उछालेकोमा ओलीले रोष प्रकट गरे।

‘हामीले जुन सहमति गर्यौँ, पार्टी एकता गर्यौँ, त्यो कुनै नयाँ कुार होइन। त्यो गत वर्षकै सहमति हो’, ओलीले अगाडि भने, ‘यसैलाई मैले देशमा आएर बेलुन बनाए फुकिरहनुपर्ने कुनै आवश्यकता होइन।’ अर्का अध्यक्ष प्रचण्डले पुरानो सहमतिलाई केही नयाँ विषय जस्तो गरेर, ठुलो समस्या आइ परो जस्तो गरेर उचाल्नु गलत भएको ओलीको तर्क थियो ।

‘जनता र कार्यकर्तामा सन्देह पैदा हुने गरी उचालिरहनुपर्ने यो कुरै होइन’, प्रचण्डप्रति लक्षित गर्र्दै ओलीले भने, ‘यसबारे मैले छलफल गर्नै चहान्नँ, सहमति के भएको हो भन्ने सहमति पत्रमै उल्लेख छ।’  यदि पद नै चाहिएको हो भने प्रचण्डका लागि आफू छाड्न तयार रहेको उनले बताए।

‘मैले आजै बिहान पनि तपाईँहरुलाई खुसी लाग्छ भने चार पाँच दिनमा हटिदिन्छु भनेको थिएँ। ‘देशको विकासको चिन्ता नगर्ने, समृद्धिबारे नसोच्नेहरु देखेर मलाई आश्चर्य लाग्छ’, उनले भने, ‘कतिपय मान्छेहरुको व्यवहार देखेर मलाई अचम्म लाग्छ। देशलाई माया गर्नुपर्छ, देशको समृद्धिमा खुसी हुनुपर्छ ।’

नेकपा अध्यक्षसमेत रहेका ओलीले अर्र्का अध्यक्ष प्रचण्डसँग चिसोपना बढेको कुराको खण्डन गरे। ‘चिसोपना कहाँ आएको छ? हाम्राबीच केही सहमति भएका थिए। दुई पार्टीबीच सहमति भएपछि केही न केही लेनदेन हुन्छ’, ओलीले भने, ‘एकतालाई कमजोर पार्ने गरी चर्चा गर्नु जरुरी छैन। जे सहमति भएका थिए, त्यही अनुसार अघि बढ्छ ।’

सहमति अनुसार सरकार छाड्न तयार हुनभएको हो ? भन्ने प्रश्नमा ओलीले आजकै भोली सरकार छाड्न तयार रहेको भन्दै आक्रोश पोखे । “दुई वर्षको कुरै होइन। दुई महिनामा छोड्छु, जनता खुसी हुन्छन् भने दुई हप्तामै छाड्न तयार छु”, ओलीले अगाडि थपे, “हामी सुशासन र विकासको बाटोमा अघि बढिरहेका छौँ । भ्रष्टाचार अन्त्य गर्न हामी सक्रिय हुन्छौँ।

यस्तो छ ऋषि धमलासँग गरेको कुराकानी (भिडियो)

Loading...
प्रकाशित मिति १८ जेष्ठ २०७६, शनिबार १२:३७