अबिवाहित मुख्यमन्त्रीलाई आयो यस्तो अनौठो प्रस्ताव अब के गर्लान ?

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अझै अविवाहित छन। मुख्यमन्त्री राईले छिट्टै विवाह गर्ने बताउँदै आएका छन् तर अहिले सम्म उनको विवाह भएको छैन। प्रदेशको राजधानी टुङ्गो लगाए लगत्तै विवाह गर्छु भने पनि उनको विवाहको कुरो फेरी सेलाएको छ। यस विच मुख्यमन्त्री राइलाई एउटा अनौठो प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन्। छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन्। कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्नेक्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिए। उनको भनाईलाई कार्यक्रममा सहभागीले चाख मानेर सुनेका थिए।

 

 

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार १९:२७