फोनमा ‘हेल्लो’ भन्ने चलन कसरी चल्यो ?

काठमाडौं : फोन उठाउने बित्तिकै पहिलो शव्द हुन्छ  हेल्लो। त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ। आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला? यो सबैको चासोको विषय हुन सक्दछ। यस विषयमा अनेक प्रकारका दाबीहरु छन। तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ। टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल।

१० मार्च १८७६ मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सन लाई सन्देश प्रेषित गर्दै भने : श्री वाट्सन यहाँ आऊ । मलाई तिम्रो खाँचो पर्यो । ग्राहम बेलले फोनमा हेल्लो होइन Ahoy शव्द बोलेका थिए । टेलिफोनको प्रयोग आम रुपमा हुन थालेसँगै मानिसहरुले फोनमा कुरा गर्दा सुरुमा बोल्ने शव्द हुन्थ्यो : Are you There ? अर्थात् मलाई सुनेका छौ ?

 

Loading...
प्रकाशित मिति २४ जेष्ठ २०७६, शुक्रबार ०९:५०