आज बढ्यो बिदेशी मुद्राको भाउ, कुन देशको कति?

आज अमेरिकी डलरसहित प्राय सबै देशको भाउ बढेको छ । आज शनिबार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ८६ पैसा रहेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपैयाँ ९१ पैसा  र बिक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६५ पैसा, बिक्रिदर २६ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३६४ रुपैयाँ ७९ रुपैया, बिक्रिदर ३६६ रुपैयाँ ७७ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९४ रुपैयाँ १८ पैसा, बिक्रिदर २९५ रुपैयाँ ७७ पैसा रहेको छ ।

Loading...
प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार ०३:०३