हाम्रो भान्छामा प्रयोग हुने मसलाको रुपमा ज्वानोलाई लिने गर्दछौ । ज्वानोलाई मसला मात्रै हामी सोचेको हुन्छौ होला तर ज्वानो खानु स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसलाई खाद्य विशेषज्ञले नेगेटिव कैलोरी फूड मा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरु ले यसको झोल खाने गर्दछन ।
कम्मर दुख्ने रोगमा
एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान्वेलुका तातोपानी सँग १,१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ।
नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।
रुघा लागेमा, सर्दि भएमा
ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा यसले रुघा पाक्छ र चाँडै आराम हुन्छ।
शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।
घाँटी बसेमा
एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ।
सुत्केरीको प्रिय खाना ज्वानो
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिने वनस्पति हो । यस लाई खाध्य विशेषज हरुले ‘नेगेटिव कैलोरी फूड’ मा गणना गर्दछन । यो थोरै मात्रा मा खादा पनि पेट भरिएको अनुभव गराउने हुना ले वजन घटाउन चाहने हरु ले यसको झोल खाने गर्दछन।