हिरोभन्दा बढी कमाउने कमेडियन जान्नुहोस कति छ कमाई??

तपाईं साउथ इन्डियन फिल्म हेर्नुहुन्छ भने ब्रम्हानन्दमलाई नदेख्नै कुरै भएन । किनकि, टलिउडका अधिकांश फिल्ममा उनी हुन्छन् । उनको पूरा नाम ब्रम्हानन्दम कन्नेगन्ती हो । सानो रोलबाट आफ्नो फिल्मी करियर सुरु गरेका ब्रम्हानन्दम अहिले सिनेमा दुनियाँको स्टार भएका छन् । साउथ इन्डियन फिल्मका कमेडी एक्टर ब्रम्हानन्दमको लोकप्रियता चलेको कुनै हिरोभन्दा कम छैन ।

यहाँसम्म कि नेपालमै पनि ब्रम्हानन्दमका फ्यान थुप्रै छन् । युट्युवमा साउथ मुभि सर्च गर्दा धेरैले ‘ब्रम्हानन्दम फिल्म’ भनेर सर्च गर्ने गरेका छन् । त्यसैले पनि कतिपय फिल्म अपलोड गर्दा नै ब्रम्हानन्दमको ट्याग लगाइएको हुन्छ।

फिल्ममा जो सुकै सुपरस्टार होस् तर, जब ब्रम्हानन्दमको इन्ट्री हुन्छ तब सिनेमाघरमा सिटी र तालीको गडगडाहट सुरु हुन्छ । यहाँसम्म आइपुग्न ब्रम्हानन्दमले कठिन संघर्ष गरेका छन् । १ फेब्रुअरी १९५६ आन्द्र प्रदेशको साटेनापल्ली जिल्लाको मुपल्ला गाउँमा जन्मिएका उनको परिवारको आर्थिक अवस्था नाजुक थियो। परिवार धान्नै मुस्किल थियो। यसका बाबजुद मेहनती ब्रम्हानन्दमले एमए तहको शिक्षा हासिल गरे । त्यही क्रममा उनले बतौर तेलुगा लेक्चरर अत्तिलली कजेलमा जागिर खाना सुरु गरे ।

हाल ब्रम्हानन्दमसँग करिब ३२० करोड बराबरको सम्पत्ति छ। हैदराबदको जुबली हिल्समा उनको एउटा बडेमानको महल छ। कुनैबेला सामान्य जीवन बिताइरहेका ब्रम्हाले आफ्नो क्षमता पहिचान गरे र दुनियाँलाई देखाइदिए आफूसँग भएकाे क्षमता निचोरेर सफलता निकाल्ने हो । केही महिना अघि ब्रह्मानन्दम कन्नेगन्तीको मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार ०६:५२