गलबन्दीलाई पछि पार्दै ट्रेन्डिङ १ मा नाईं नभन्नु ल ५

काठमाडौँ – फिल्म नाई नभन्नु ल५ युट्युबमा सार्वजनिक भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माको मुख्य भूमिका रहेको यो फिल्म युट्युबमा रिलिज भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । २०१८ को अगस्टमा प्रदर्शन भएको यस फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन् ।

फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका बाहेक अभिनेत्री निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले खिचेका छन्। यस फिल्ममा विकाश राज आचार्य र सामिप्य राज तिमल्सिनाको कथा रहेको छ ।

यो पनि पढौ : सेड्रिना भन्छिन सबैभन्दा धेरै ममिको याद आउँछ

चलचित्र नाई नभन्नु ल ५ बाट नेपाली चलचित्र जगतमा भित्रिएकी बाल कलाकार सेड्रिना शर्माले पहिलो चलचित्रबाट नै दर्शकको अत्याधिक माया पाउन सफल भइन् । उनको सुन्दर अनुहार र नरम बोलीले दर्शकलाई तान्ने गरेको छ । यस्तै सेड्रिनाले केही म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।

करिब ४ महिना पहिले पढाईका लागि भारत गएकी सेड्रिना ४ महिनापछि आफ्नो छुट्टीमा नेपाल आएकी छिन् । उनको छुट्टी धेरै समयको लागि भने छैन । उनी १ हप्ता भित्र नै भारत फर्किनेछिन् । यस्तै नेपाल आउने वित्तिकै दर्शकमा सेड्रिनाले अब फेरि केही काम गर्छिन् भन्ने आश जागेको छ ।

यस्तै सेड्रिनाले सुरु सुरुमा आफूलाई अर्कामा देशमा गएर बस्न निकै गाह्रो भएको बताइन् । उनले घरको याद धेरै आएर सुरु सुरुमा आफू निकै रुने गरेको पनि बताइन् । सेड्रिनाले आफ्नो पहिलो चलचित्र नै चर्चित बाल कलाकार अनुभव रेग्मीसँग गरेकी थिइन् ।

Loading...
प्रकाशित मिति २६ जेष्ठ २०७६, आईतवार १९:१३