‘बलात्कार गरेको’ भन्दै आफ्नै पतिविरुद्ध पत्नीले हालिन् मुद्दा !

डोटी, फागुन ४
जिल्लाको शिखर नगरपालिका–६ की एक महिलाले आफ्नै पतिविरुद्ध बलात्कार मुद्दा दर्ता गराएकी छन् । उनले आफूमाथि पतिले जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हसन् ।

ती महिलाले जिल्ला प्रहरी कार्यालय डोटीमा फागुन १ गते मुद्दा दर्ता गराएको मुद्दा फाँटका इन्स्पेक्टर सुरेन्द्रबहादुर बमले बताए । महिलाको उजुरीपछि प्रहरीले आरोपित पतिलाई पक्रेर अदालतबाट म्याद थपी थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।

यदि श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए उनका पतिलाई २ वर्ष ६ महिना जेल सजाय हुन सक्ने नियम छ । उनीहरूको ९ वर्षअघि विवाह भएको थियो । उनीहरूका २ जना सन्तान छ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७५, शनिबार ०४:५४