नयाँ सिरियल निर्माण गर्दै बल्छि धुर्बे र राजु मास्टर

मुस्कान हाँस्यकलाकार द्वय बल्छी धुर्बे र राजु मास्टरले नयाँ टेलिसिरियल निर्माण गर्ने भएको छ । लामो समयसम्म लोकप्रिय सिरियल मेरिबास्सैमा देखिएका यी जोडि केही समय यता सँगै पर्दामा देखिएको भने छैन । निर्माण टिमसँग केही कुराहरु नमिलेपछि मेरीबास्सै बाट बाहिरिएका बल्छी र मास्टरले निर्माण गर्न लागेको नयाँ सिरियलको नाम भने खुलाएको छैन ।

कलाकारिता सँगै ब्यबसायमा पनि लागेका बल्छी धुर्बे उर्फ मरिचमान श्रेष्ठले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै जानकारी दिएका हुन् ।

मेरी बास्सै बाट बाहिरीयपछी केही महिनाको घर छुट्टी सकी हामी फेरि नयाँ सिरीयलको तयारीमा। आसा छ माया गर्नु हुनेछ, अनि अर्को कुरा सिरीयलको नाम चै के राख्दा ठिक होला ??आफ्नो मनमा आयको नाम कमेन्ट गर्दिनु होला।

Loading...
प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार १८:०९