हजुरबुबाले गरे ५ वर्षीया आफ्नै नातिनीमाथि बलात्कार !

अर्घाखाँची, फागुन ४
यहाँको सन्धिखर्क नगरपालिकामा–११, अमिलेमा एक हजुरबुबाले आफ्नै नातिनीमाथि बलात्कार गरेका छन् । घटना शुक्रबाको हो ।

सन्धिखर्क–११, डिभर्ना अमिले बस्ने ६५ वर्षीय एक वृद्धमाथि आफ्नै ५ वर्षीया नातिनीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक नवराज मल्लका अनुसार जबर्जस्ती करणीबारे बालिकाले आफ्नी आमालाई बताएपछि उनी प्रहरीसम्म पुगेकी थिइन् । त्यसपछि प्रहरीले आरोपित हजुरबुबालाई पक्रेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति ४ फाल्गुन २०७५, शनिबार ०५:०७