काठमाडौंको बालकुमारी कलंकी चक्रपथ क्षेत्रमा ३ हजार बिरुवा रोपिने

काठमाडौं । काठमाडौंको चक्रपथमा ३ हजार बिरुवा रोपिने भएको छ । बालकुमारी–कलंकी चक्रपथ क्षेत्रमा हरियाली बनाउन वन तथा वातावरण मन्त्रालयले बृहत् वृक्षरोपणको तयारी थालेको हो ।मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब ३ हजार ३ सय राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको मन्त्रालयले जनाएको छ ।असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने छन् ।

‘चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिने छ ।वृक्षरोपण गरिएका बिरुवाको संरक्षणका लागि स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीय लगायतसँग समन्वय गरिने समेत भएको छ । संघीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेको छ ।

Loading...
प्रकाशित मिति २ असार २०७६, सोमबार १७:२८