स्वर्गको टुक्रा जस्तो देखिने कुपिन्डे ताल सेयर गरेर विश्वलाई चिनाऊँ

नेपाल विश्वका मानिसले स्वर्ग भनेर कल्पना भन्दा कम छैन। यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन। यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल यो अत्यन्तै मनोरम छ।यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु पानीओत पनि निक्कै ठुलो महत्व रहेको छ। बढदो चोरी सिकारी र सरकारी निकायको बेवास्ताका कारण लोप हुँदै गएको यो बन्यजन्तु संरक्षण गर्ने हो भने यसैलाई हेर्नपनि लाखौँ मानिस आउनेछन।

किनकी यो बन्यजन्तु विश्वमा नै लोप हुँदै आएको छ। प्राकृतिक रुपमा भरीपूर्ण र पर्यटकीय हिसाकमा हेर्न लाएक स्थल हो कुपिण्डे ताल जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रुपमा रहेको कुपिण्डे ताल कुपिण्डे गाविसमा पर्दछ। जिल्ला सदरमुकाम खलङ्गादेखि २४ किमि पश्चिममा पर्ने यो ताल निकै मनोरम र आकर्षक छ। चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएरै पठाउँछ।

वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय स्थल हो कुपिन्डे ताल वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । वर्षेनी कुपिण्डे तालसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न टाढा–टाढाबाट भक्तजनहरु समेत पुग्दछन् । कुपिण्डे तालले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ, वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने विश्वास गरिन्छ ।

यसैपनि पहाडी प्रदेश र चारै तीर डाँडापाखाले ढाकेको सल्यान प्रकृतिले बरदान दिएको ठाँउ हो । प्रदेश नम्बर ६ मा परेको यो जिल्ला पर्यटकीय हिसाबले निक्कै मलिलो छ । जिल्लाको नाम कसरी सल्यान रहन गयो भन्ने ठोस एकिन छैन । बुढापाकाहरूले यस जिल्लाको नामको बारे अनेक प्रसँग जोडेको पाइन्छ ।

Loading...
प्रकाशित मिति ३ असार २०७६, मंगलवार १७:३२