युवतीमाथि ‘सिरिन्ज’ आतंक, पीडित भन्छन्- बाइकमा आएर पेटमै हानेर भाग्यो..

काठमाडौं – राजधानीमा पछिल्लो केही दिनयता युवतीलक्षित सिरिन्ज आक्रमणका घटना बढ्दै गएका छन्। दुई साताको अवधिमा राजधानीमा ४ युवती र महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरी भागेको पाइएको छ।सिरिन्ज आक्र मणमा परेका युवतीहरु अहिले उपचारमा छन्। उनीहरु चिकित्सकको नियमित निगरानीमा छन्। आक्रमणमा परेका युवतीको उमेर २० देखि २५ बिचमा रहेको छ। सिरिन्ज आक्रमण परेका व्यक्तिमा एचआइभी, हेपाटाइटिस-बी, हेपाटाइटिस ‘सी’लगायतका रोगको संक्रमण हुन सक्ने भएकाले उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका छन्।

अस्पतालले उनीहरुलाई ती रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइदिएको छ। अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार अस्पतालमा उस्तै प्रकृतिका आक्रमणमा परेका ४ युवती उपचारका लागि आएका छ न्। आक्रमण भएको स्थानमा सिरिन्जको जस्तै प्वाल भेटिएको छ। उनले भने, ठ्याक्कै सिरिन्ज हो/होइन भन्ने यकिन त छैन तर, सियोजस्तै तिखो वस्तुले आक्रमण भने गरेको बुझिन्छ। अस्पतालमा उपचार गर्न आएका युवतीहरुसँग डा बस्तोलाले गरेको कुराका नीअनुसार मोटरसाइकलमा आएका युवाले आक्रमण गरेका छन्।

उहाँहरु सबैलाई एकैखालको आक्रमण भएको देखिन्छ, उनले भने, सुरुमा एउटा मात्र केस आउँदा सामान्य लागेको थियो। तर, लगातार ४ वटा आएपछि यो घटनामा केही रहस्य छ जस्तो लागेको छ।’सिरिन्जले आक्रमण गरेको व्यक्तिमा संक्रमण भएको थाहा पाउन ३ महिना लाग्ने उनले जानकारी दिए। आक्रमण लगत्तै एचआइभी, हेपाटाइटिसजस्ता संक्रमणका बारेमा थाहा पाउन सकिँदैन। उनले भने, त्यसकारण हामीले उहाँहरुलाई संक्रमणबाट जोगाउने खोप र उपचार प्रक्रिया अगाडि बढाएका छौं। युवतीमाथि सिरिन्ज आक्रमणका विषयमा प्रहरीमा समेत उजुरी परेको छ।

Loading...
प्रकाशित मिति ४ असार २०७६, बुधबार ००:५२