सरकारविरुद्ध माइतीघर मण्डलामा उर्लियो जनसागर

काठमाडौं । काठमाडौं उपत्यकाका गुठियारले बुधबार सरकारविरुद्ध विशाल प्रदर्शन गरेका छन् । अहिले काठमाडौं र ललितपुरका विभिन्न ठाउँबाट भेला भएको जुलुस माइतीघर मण्डलामा जम्मा हुँदैछ ।

माइतीघर मण्डलामा हजारौं मानिस भेला भएका छन् । उनीहरूले सरकारलाई गुठी विधेयक खारेज गर्नुपर्ने, देशका कला संस्कृति मास्न नपाइने भन्दै नाराबाजी गरेका छन् ।

गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका तीन मन्त्रीको राजीनामा मागिएको छ ।विरोध प्रदर्शन उनीहरुको पूर्वनिर्धारित कार्यक्रम हो । उनीहरूले बुधबारको विरोध प्रदर्शनलाई खबरदारी कार्यक्रम मानेका छन् ।

Loading...
प्रकाशित मिति June 19, 2019