सुनकोशीमा माछा मार्न गएका दुई युवक बेपत्ता

गाइघाट, ४ असार। उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका – १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक आज नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ताहुनेमा लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटे बुतुवाका १६ वर्षीय देवकुमार राई र १४ वर्षीय प्रवीण राई रहेका छन् । दुबैजना आज बिहान १० बजे सुनकोशी नदीमा माछा मार्न गएका थिए ।

उनीहरुको खोजीकार्य भइरहेको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिलाकुमारी राईले बताउनुभयो । नदीमा बेपत्ता भएका दुबै युवकको खोजीका लागि घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ भने खोटाङ र धनकुटास्थित सुनकोशी नदी क्षेत्रका प्रहरीलाई पनि बेपत्ता युवकको खोजीका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष राईका अनुसार बेपता हुने देवकुमार बुतुवा माध्यमिक विद्यालयबाट एसइई दिएर बसेको र अर्का प्रवीण कक्षा ९ मा अध्ययनरत विद्यार्थी छन्

Loading...
प्रकाशित मिति June 19, 2019