‘दाल भात तरकारी’ले मनायो प्रदर्शनको ५१ औँ दिन, दुई हलमा पुन: प्रदर्शन हुने

सुदन केसीको डेब्यु निर्देशन रहेको फिल्म ‘दाल भात तरकारी’ले प्रदर्शनको ५१औँ दिन पुरा गरेको छ । काठमाडौंका गुण, गोपी र अस्टनारायण हलमा फिल्मले प्रदर्शनको ५१ दिन पार गरेको हो । फिल्मले प्रदर्शनको ५१औँ दिन पार गरे सँगै काठमाडौंका पुष्पान्जली र सिद्धार्थ हलमा फिल्म पुन: प्रदर्शनमा आउने भएको छ ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतको मुख्य भूमिका रहेको फिल्मलाई मह संचारको प्रस्तुतीमा किरण केसीको निर्माण गरेका हुन् ।

कमेडी जनराको फिल्ममा शम्भुजित बास्कोटाको संगीत, मित्र डी गुरुङको सम्पादन, दिर्घ गुरुङको छायांकन रहेको छ ।

Loading...
प्रकाशित मिति ७ असार २०७६, शनिबार ०८:३३