भाईरल मेयर साव! महिलालाई गाली गर्दा आमा, श्रीमती, छोरी र बहिनीको याद आएन ?

शोभा बजागाई , पछिल्लो समय इटहरीको माहोल तातेको छ । स्थानिय सरकार प्रमुख तथा हाम्रा अभिभावक इटहरी उप महानगरपालिकाका मेयरको कारणले इटहरी तातेको समाचार राष्ट्रिय मुद्धा बनिरहेको छ । कहिले पत्रकारलाइ लोपार्ने , कहिले कर्मचारी कुट्ने त कहिले पत्रकारको नाकको मुल्य तोक्ने जस्ता अमानविय र अमर्यादिद अभिव्यक्ति र व्यवहारका कारण मेयर द्धारिकलाल चौधरी चर्चाको शिखरमा पुगेका छन् । एउटा कार्यक्रममा बोल्ने क्रममा उनको अभिव्यक्ति, महिलाप्रतिको उनको दृष्टिकोण र बोल्ने क्रममा प्रयोग गरेका शव्दावलीले उनी हाम्रा अभिभावक हुन भन्न पनि लज्जा बोध गरायो ।उनको अभिव्यक्तिको शिलशिला हेर्दा पालिका भित्र भएका बेथितिहरुको बेलीबिस्तार लगाउदै गरेको देखिन्छ । जसको सुरुमा यौन व्यवसाय गर्ने महिलाहरुलाई इंकित गरेर रण्डिको उपमा दिएका छन ।

शाव्दिक रुपमा यो शव्दले यौन व्यवसायबाट जीविका चला उने स्त्रीलाइ बुभाउँछ । अब भन्नुस यौन महिलाले मात्र गरिने विषय हो ? तपाँइको प्रहार पुरुषहरुप्रति किन लक्षित भएन ? महिला एक्लै रण्डि हुन्छे ? घरभाडा लगाउन, मनोरञ्जन गर्न,कण्डम बेच्न र पिल्स बेच्न पनि यिनै महिला चाहिने रहेछ । कस्मेटिक्सका साधनहरु पनि यिनिहरुले नै बढि प्रयोग गर्दा रहेछन ।

होटल व्यवसायमा काम गर्ने महिलाले चाँही बढी कपडा र लिपिस्टिक लगाउँदा रहेछन भन्ने यहाँको अभिव्यक्तिले होटल व्यवसायमा काम गर्ने महिलाले प्रयोग गर्ने सौन्दर्यका शाधनकोे मानक निर्धारण गरिदिएको छ । साथै सबै पेशालाई समान रुपमा हेने नसक्र्ने विभेदकारी दृष्टिकोण छर्लङ्ग हुन्छ । के तपाँइलाइ यो छुट छ ? कुनै पनि महिलालाइ यौन व्यवसाय गर्ने रहर हुदैन । किन होटल व्यवसायमा यस प्रकारका गतिविधिहरु भएका छन्? कसरी निर्मूल गर्न सकिन्छ ? यसका जरा कारण के हुन ? भन्ने विषयमा ध्यान जानु पर्ने हो कि हैन ?

Loading...
प्रकाशित मिति ७ असार २०७६, शनिबार १०:४४