रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु, १ गम्भीर !

काठमाडौं : रामेछापको मन्थली नगरपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान खुर्कोटबाट मन्थलीतर्फ बिरामी लिन जाँदै गरेको बा २१ च ७५२५ नं को नेपाल रेडक्रस सोसाइटी भिमेश्वर उपशाखा सिन्धुलीको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवत्ता एवम् प्रहरी निरिक्षक शेख अदालतका अनुसार दुर्घटनामा सिन्धुली खुर्कोटका २२ वर्षीय चालक नीरबहादुर श्रेष्ठको मृत्यु भएको छ।

चालकसँगै गएका सिन्धुलीका करिब १८ वर्षीय सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको उपचारका लागी धुलिखेल अस्पताल रिफर गरिएको छ

Loading...
प्रकाशित मिति ८ असार २०७६, आईतवार ०१:५७