फाटेको सारी र फाटेको दौरा भिरेर सिंहदरबार छिरेकाहरु देश लुटेर रोयल स्टेटका मालिक भैसके !

देशमा यत्रो बेथिति छ, बिसंगति छ,भ्रष्टाचार छ , फाटेको सारी र फाटेको दौरा भिरेर सिंहदरबार छिरेकाहरु देश लुटेर रोयल स्टेटका मालिक भैसके। गरिब जनताको चुल्होमा बिहान बेलुका मुस्किलले दुईछाक पाक्छ, युवाहरुलाई देशमा बस्ने बाताबरण छैन दिनदिनै हजारौको संख्यामा आफ्ना बुढा बा आमालाई एयरपोर्टमा रुँवाउँदै छोडेर भविस्य खोज्न बिदेश पलायन भएका भयै छन्, त्यतातिर कसैको ध्यान छैन, साला नालायकहरु रबि लामिछानेको खेदो नगरी तिमीहरुलाई खाएको नपच्ने हो? आफूपनि केहि गर्न नसक्ने अनि केहि गर्छु भनेर आफ्नो ईमानको रोटी खाएर देश र जनताको हितमा लागि परेको पत्रकारको खेदो गर्न सरम छैन डाकाहरु? आज सबका सब भ्रस्ट झोले र दुई नम्बरी धन्दावालहरुको कालो ब्यापार रबि लामिछानेले चौपट गरिदिएपछि खेदो पनि किन नगरुन् त भातमाराहरु..!

केहि झिँगे पत्रकारहरु छन् जो रबिको पछि नाक जोतेर लागेका छन् किनकी यत्रो बर्ष कलमको टुँडो घुमाएर भद्र पत्रकारिताको आडमा डलर हसुर्ने र बकम्फुसे समाचार लेखेर पत्रिका जोगाउने झोलेहरुको पीत पत्रकारितालाई रबिको aggressive , fact based र जनताको जिबनसँग सिधै जोडिएको निडर पत्रकारिताले नाकको डाँडी नै भाँचिदियो। तसर्थ यी हरामखोरहरु रबिको रिस गरेर भएपनि चर्पी भर्दै छन्। रबिले न सरकारको अख़्तियारी लिएर काम गरेका छन् , न त कुनै नेतासँग लठारिएर हवाईजहाज़ भित्रै माईकको बुम उचालेर बकम्फुसे प्रश्न गरेर नेताको नजिक भएका छन्, न त कसैले दानमा दिएको सम्पादकको कुर्सी ओगटेर बजारमा झुठका समाचारको ठेली बिकाएर कुर्सीमा निदाएका छन्।

उनी नितान्त जनतासँग जोडिएका इमानदार पत्रकार हुन्। तिमीहरुजस्ता झोले पत्रकारहरु बाटा बाटामा , गल्लि गल्लिमा जाँडका छोक्रा छेर्दै हिडेका भेटिन्छन् भने रबि कहिले भ्रस्ट र दलालहरुको कन्सिरी उखेल्दै त कहिले बिदेशमा बेचिएका हरुलाई उद्दार गर्दै भेटिन्छन् । तिमीहरु जस्तो दलाल र चाकडीबाज झल्लाहरु हामीलाई चाहिएको छैन। सपनामा पनि तिमी झोलेहरुलाई रबिको छाँयाले पछ्याउँदो होला हैन? कठैबरी लैलै..!

Loading...
प्रकाशित मिति ८ असार २०७६, आईतवार ०४:५८