विवाह गर्छु भन्दै युवतीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ

असार ८, ललितपुर । फेसबुकमार्फत चिनजान भएर विवाह गर्छु भन्दै शारीरिक सम्पर्क राखेर एक किशोरीलाई गर्भवती बनाएर छाड्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका विजय तामाङ रहेका छन्

०७५ मंसिर ७ गते तामाङले १७ वर्षीया किशोरी (नाम परिवर्तन) आरलाई विभिन्न प्रलोभनमा पारेर कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको महानगरीय प्रहरी वृत्त सातादोबाटका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

आरलाई शारीरिक सम्बन्ध राख्न लगाएर लगत्तै फरार भएका तामाङलाई सातदोबाटो प्रहरीले लुकिछिपी बसेको अवस्थामा गोदावरी नगरपालिका–४ ठैबुबाट पक्राउ गरिएको डीएसपी मिश्रले बताए ।

तामाङले यसअघि पनि एक युवतीलाई विवाह गर्छु भनेर शारीरिक सम्बन्ध राखेर फरार भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । हालैपनि कोठामा एक युवतीलाई विवाह गर्छु भन्दै तामाङले ल्याएर राखेको पाइएको छ ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत ललितपुरबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
प्रकाशित मिति ८ असार २०७६, आईतवार १४:२६