यस्तो बन्यो फिल्म ‘पुरानो बुलेट’ को ट्रेलर (भिडियो)

काठमाडौं, फागुन ५
फिल्म ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आज काठमाडौंमा एक पत्रकार म्मेलन आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा बनेको यो फिल्मलाई भीषण राईले निर्देशन गरेका छन् । फिल्ममा अशोककुमार राई, टीकाराम राई, विरेन शम्बा र दिपेन लिम्बूले लगानी गरेका छन् ।

फिल्मको मुख्य भूमिकामा नायक अनुपविक्रम शाही र नायिकाद्धय माला लिम्बू र वर्षा शिवाकोटीले अभिनय गरेका छन् । फिल्म दुई पक्षीय प्रेमकथामा आधारित छ । फिल्मका लागि चैत १ गतेलाई प्रदर्शन मिति तोकिएको छ ।

सार्वजनिक ट्रेलरमा नायक अनुपविक्रमलाई केन्द्रमा राखिएको छ । फिल्ममा मालालाई हट अवतारमा देख्न सकिन्छ । वर्षालाई भने सोझी युवतीको भूमिकामा देख्न सकिन्छ ।

ट्रेलर यहाँबाट हेर्नुहोस् :

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १०:४८