गलबन्दी झनै विवादमा परेपछि शम्भु राइले यस्तो लेखे (पूरा पढ्नुहोस

काठमाडौ / बरिस्ठ गायक तथा संगीतकार शम्भु राई यति बेला आफ्नो देउसी भैलो गीतको भाका/लय गायक प्रकाश सपूतको नयाँ गीत गलबन्दी सँग मेल खाएको भन्दै सामाजिक सञ्जालमा छाइरहनु भएको छ । यसै बेला सामाजिक सञ्जालको दुरुपयोग गरि केही व्यक्तिबाट जातीय कुरालाई उठाउँदै आक्रोशित बनेपछि बिबादले झनै उग्र रुप लिएको हो ।

गीतले सामाजिक सञ्जाल मात्र नभएर संसद बैठक सम्म पनि चर्चा पाएपछि शम्भु राईले फेसबक मार्फत कसैलाई पनि अपशब्द प्रयोग गरेर टिका टिप्पणी नगरिदिनु अनुरोध गरेका छन् । र सपूतको गलबन्दी सँग लय भाका मिलेको दाबि समेत गरेका छन्।

यस्तो छ शम्भु राईको फेसबुक स्ट्याटस् :

मानिस  छूत-अछुत हुन्छ म भन्दै भन्दिन!

जाती र पाती  छुट्याउने रितलाई  म मान्दै मान्दिन!!

२०३४  सालदेखि जातीय मुक्तिको लागि सांगीतिक क्रान्ति गर्दै जनताको माझमा गाउँदै आएको म शम्भु राईबाट

स्वदेशदेखि विदेशसम्म रहनु हुने मेरा आदरणीय श्रोता-दर्शक ज्युहरुमा हार्दिक नमस्कार अनि अभिबादन गर्दछु ।

केहि दिन यता गायक तथा संगीतकार भाई  प्रकाश सपुतले गलबन्दी बोलको गीत म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरेको देखियो र उक्त शब्द संयोजनमा मेरो देउसी भैलो गीतको “आउ नाचौं साथी हो” भन्ने शब्दमा राखिएको मेरो कम्पोज (भाका र लय) मिल्न गएको विवादित बिषय नितान्त प्रतिलिपि अधिकारसंग सम्बन्धित रहेको अवगत गराउन चाहन्छु साथै यही बिषयलाई लिएर सामाजिक संजालहरुमा  निक्कै टिका-टिप्पणीका बिच अहिले जातीय बिबाद र सामाजिक सद्भाव खल्बल्याउने मनसायले केही आपत्तिजनक अभिव्यक्तिहरु पनि प्रकट भएको देखिएको र सुनिएको हुँदा त्यस प्रति म धेरै दु:खीत छु साथै यस्ता अमर्यादित किसिमले सामाजिक संजालबाट कसैले पनि अभिव्यक्ति नदिन हुन म सम्पूर्ण दाजु-भाई तथा दिदी- बाहिनीहरुमा बिनम्र अनुरोध गर्दछु ।

तपाईहरुकै

शम्भु राई

गायक तथा संगीतकार

Loading...
प्रकाशित मिति १० असार २०७६, मंगलवार ०५:२०