चर्चित गायिका बिष्णु माझीको खोजीमा प्रहरी परिचालन, थाहा पाउँदा सबै चकित (भिडियो गर्नुहोस्)

चर्चित गायिका बिष्णु माझीको बारेमा आयो फेरी यस्तो तथ्य, थाहा पाउँदा सबै चकित (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

भिडियाे अन्तयमा छ नरिसाई तल जानुहाेस है।

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

अछाम, रौतहट र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रौतहट, चन्द्रपुर नगरपालिका-१० बालचनपुरस्थित सडकमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको जिपको एक्सल भाँचिएर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन। दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार सवारी ज्यान मुद्दाका थुनुवा सुनसरी ईनरुवा नगरपालिका बस्ने ४० वर्षीय रमेश कुमार चौधरी र मुद्दाका थुनुवा रौतहट चन्द्रपुर नगरपालिका-७ बस्ने २६ वर्षीय मुकेश भनिने निर्मल साहको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ८ जनामध्ये २ जना थुनुवा र ५ जना प्रहरी कर्मचारीहरुको सोही अस्पतालमा र १ जना प्रहरी कर्मचारीहरुको न्यूरो अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । थुनुवाहरुलाई म्याद थप गर्न जिल्ला अदालत गौरतर्फ लैजाँदै गर्दा उक्त जिप दुर्घटना भएको हो ।

दाङ घोराही उपमहानगरपालिका-१० सौडीकुलास्थित सडकमा ना.६ ख २६३४ नम्बरको ट्रकले रा.१ प ५३३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा उक्त मोटरसाइकल बा.२ च ४०३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक जलौरा बस्ने ३३ वर्षीय कमान सिंह वलीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । तीनवटै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ जान विद्यार्थीको ज्यान गएको छ । भने ४ जना विद्यार्थी घाइते भएका छन्। अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको हो । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।

यसैगरी अर्घाखाँची र भक्तपुरमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ७ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । अर्घाखाँची, शितगंगा नगरपालिका९१४ सुखौरा बस्ने हरिराम यादवको गोठमा लामखुट्टे भगाउन बालेको आगोबाट मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगो घरमा समेत फैलिदा घर र गोठ जलेर करिब ६ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

भिडियो 

Loading...
प्रकाशित मिति ११ असार २०७६, बुधबार १७:४०