‘मर्दानी २’ मा एसपी बनेर आउँदै रानी !

एजेन्सी, फागुन ५
बलिउड नायिका रानी मुखर्जीले सन् २०१६ को आफ्नो हिट सिनेमा ‘मर्दानी’को सिक्वलको सुटिङ मिति घोषणा गरेकी छन । जसअनुसार सो फिल्मको सुटिङ मार्चबाट सुरू हुनेछ । सुटिङ सुरू हुने भएपछि उनलाई शिवानी शिवाजी रोयको रूपमा दर्शकले पुनः हेर्न पाउनेछन् ।

रानीका अनुसार सो फिल्मको सुटिङ मार्च १८ बाट सुरु हुनेछ । पहिलो फिल्ममा इन्स्पेक्टरको भूमिकामा देखिएकी रानी यस फिल्ममा भने एसपीको भूमिकामा देखिँदैछिन् । फिल्ममा उनले २१ वर्षीया खलनायकविरूद्ध एक्सन गर्ने भएकी हुन् ।

फिल्मलाई ‘मर्दानी’को पहिलो भाग लेखेका गोपी पुथरनले निर्देशन गर्दैछन् । हाल फिल्मको मुम्बई सुटिङ चलिरहेको छ । यसअघि गएको वर्ष रानीले ‘हिच्की’ फिल्ममा काम गरेकी थिइन् ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १७:३६