आहा!! रवि ओड र दुर्गा खरेलको घरमा कुरा / भिडियोमा हेरौ

नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका दुर्गा खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। घरमा कुरा बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज छ। शब्द ध्रुव प्रसाद अम्गीको छ।

गीतको भिडियोमा प्रेम जोडी आयुष्मान जोशी र प्रियंका कार्की प्रस्तुत छन। आयंका जोडीसँगै भिडियोमा रवि र दुर्गालाई पनि देख्न सकिन्छ ल। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् भने छायाँकन रामेश्वर कार्कीको छ। सम्पादन सुप्रिम पराजुलीको छ।

हेर्नुस्, गीतको भिडियो :

Loading...
प्रकाशित मिति १४ असार २०७६, शनिबार १२:२७