स्वच्छ अनि सफा काठमाडौं अभियानका अभियान्ता र सोह्रखुट्टे प्रहरीको साझेदारीमा गाजा फडानी

स्वच्छ अनि सफा काठमाडौं अभियानका अभियान्ता र सोह्रखुट्टे प्रहरीको साझेदारीमा गाजा फडानी गरिएको छ ।

नया बजार खुसिबुमा खाली जग्गामा रहेको गाजा स्वच्छ अनि सफा काठमाडौं अभयानका यूवा ,प्रहरी र समूदायमा रहेका व्यक्तिहरुको सहभागितामा उक्त कार्य गरिएको हो।

समाजमा लागूपदार्थको सेवन बाट हत्या हिंसा चोरी डकैती दिन प्रतिदिन बढदै गएकाले त्यसलाई नियन्त्रण गर्नको लागि उक्त कार्य गरिएको हो। समाजमा रहेको बढदो बेरोजगारी समस्याले यूवाहरुलाई कुलतमा लाग्न यि तत्वहरुले आकर्षण गरिरहेको र त्यसलाई केहि मात्रमा कमि ल्याउनको लागि उक्त कार्य अघि बढाएको सामुदायिक सेवा केन्द्र वडा नं. १६ र २६ का सचिव जयप्रकाश श्रेष्ठले बताउनुभयो ।

काठमाण्डौंमा बिभिन्न विसङगति यौन हिंसा जस्ता गलत कृयाकलाप निम्त्याउन गाजा लगायत अन्य लागूपदार्थहरुको हात रहेकोले आफूहरुले त्यसलाई न्युनिकरण गर्नको लागि कार्यक्रम अगाडि बढाइएको सामाजिक अभियान्ता सुदिप पनेरुले बताउनुभयो।
यो कार्य गरेर समाजमा केहि विकृतिहरुमा कमि आउने स्थानियले बताए ।

Loading...
प्रकाशित मिति १६ असार २०७६, सोमबार ०६:२६