यस्ती अचम्मकी युवती, जो आफ्नै ‘पिसाब बेचेर’ करोडपति बनिन् !

एजेन्सी, फागुन ५
यहाँ आफ्नै पिसाब बेचेर करोडपति बनेकी एक युवतीको बारेमा चर्चा गरिँदैछ । पिसाब बेचेर करोपडि ? यो सत्य हो । यस्तो अनौठो खबर अमेरिकाको हो । त्यहाँको फ्लोरिडा राज्यमा रहने एक युवती आफ्नो पिसाब बेचेर घरमै बसी–बसी गतिलो आम्दानी गर्छिन् । पिसाब बेचेरै पैसा कमाउन उनको पिसाबमा के होला यस्तो रहस्य ?

खबरअनुसार कलेज पढ्ने एक युवतीले केही समयअघि अनलाइनमा फरकखालको विज्ञापन दिएकी थिइन् । त्यो पनि पिसाब बिक्रीबारे । त्यसबेला उनले आफू ३ महिनाकी गर्भवती भएको भन्दै आफ्नो पिसाबलाई खास काममा प्रयोग गर्न चाहनेले आफ्नो पिसाब खरिद गर्न सक्ने उनले बताएकी थिइन् ।

सो विज्ञापनमा ती युवतीले आफ्नो पिसाबको मूल्य २ थोपा बराबर २५ डलर तोकेकी थिइन् ।

पछि उनको विज्ञापन पत्याउनै नसकिने गरी भाइरल बन्यो । तब मानिस के–के न पाइयो जसरी उनको पिसाब किन्न जान थाले । त्यस्तोमा बढी चाहिँ युवती र महिला नै थिए । समयक्रमसँगै ती युवतीले पिसाब बेचेर एकै दिनमा २ हजार डलसम्म कमाइन् ।

मानिसले त्यसरी उनको पिसाब किन किन किने होलान् ? लगेर के गरे होलान् ? यो पनि भनिहालौं ।

गर्भवती युवतीको पिसाब किनेर अन्य महिलाले गजबको काममा प्रयोग गर्दा रहेछन् । हो, उनीहरूले सो पिसाब आफ्नो प्रेमीलाई लगेर ‘ब्लाकमेल’ गर्दा रहेछन् । सम्बन्धमा रहुन्जेल यौन सम्पर्क गर्ने र पछि भाग्नेलाई पिसाब लगेर आफू गर्भवती भएको बन्दै प्रेमीलाई तर्साउन प्रयोग गर्दा रहेछन् ।

नभन्दै प्रेमीहरू पनि प्रेमिकाले ल्याएको पिसाब जाँच गर्दा गर्भवती भएको देखिएपछि कुरै खत्तम । पछि पिसाब बेच्ने युवतीले आफ्नो पिसाब किनेर लगेका युवतीले के काममा प्रयोग गरे भन्नेचाहिँ थाहा पाइनन् ।

थाहा नपाई पनि उनले आफ्नो पिसाब बेचिरहिन् । मनग्यै पैसा पनि कमाइन् । पछि एक समाचारमा उनको पिसाब बिक्रीबारे रहस्य बाहिर आयो । त्यसका लागि महिला पत्रकार ग्राहक बनेर पिसाब बेच्ने युवतीसम्म पुगेकी थिइन् ।

तर, जब समाचार बाहिर आयो, ती युवतीको पिसाब बेचेर मालामाल पैसा कमाउने धन्दा पनि रातारात बन्द भयो ।

Loading...
प्रकाशित मिति ५ फाल्गुन २०७५, आईतवार १८:०१