विप्लव सेनाद्धारा कालिकोट गाउँपालिका कार्यालय ध्वस्त, ठुलो क्षतिको आशंका / हेर्नुहोस भिडियो

विप्लव सेनाद्धारा कालिकोट गाउँपालिका कार्यालय ध्वस्त, ठुलो क्षतिको आशंका ! हेर्नुहोस (भिडियोसहित)

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका १ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन्। काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।

सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन्। स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लकाे नेतृत्वमा २५-२५ जनाकाे बेग्लाबेग्लै टाेली सेनाकाे एमआई १७ हेलिकाेप्टरबाट संखुवासभामा उतारिएको छ।

भिडियो 

Loading...
प्रकाशित मिति १७ असार २०७६, मंगलवार ०२:०२